समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा हावाहुरीले सकलदिप साहको कच्ची घर पूर्ण क्षति

हल्दिबारी, वैशाख २८।
आज बेलुकी बेलुकी आएको भीषण हावाहुरीले झापाको हल्दिबारी गाउँपालिका–४, बाबुलाल टोलमा ६९ वर्षीय सकलदिप साहको बाँस र टिनले बनेको तीन कोठे कच्ची घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।

Advertisement

प्राकृतिक प्रकोपको तीव्रताले टिनको छाना उडाएर नजिकैको कटरको रुखमा अड्किएको  छ। स्थानीयहरूका अनुसार, छाना आधा बोटमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

Advertisement

प्रहरीका अनुसार, प्रारम्भिक अनुमानमा करिब रु. १ लाख ५० हजार बराबरको क्षति भएको छ। घटनास्थलमा प्रहरी चौकी जलथलबाट खटिएको टोलीले निरीक्षण गरेको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article