कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा बाह्रदर्शीमा आँधीहुरीले ५१ लाख बराबरको केराखेतीमा क्षति

झापा, वैशाख २९ – झापा जिल्लाको बाह्रदर्शी गाउँपालिका वडा नम्बर ७, बत्तीसबिघे क्षेत्रको स्थानीय किसानहरूले लगाएको केराखेतीमा एक्कासि आएको आँधीहुरीले ठूलो क्षति पुर्याएको छ।

Advertisement

हिजो वैशाख २८ गते साँझ ५:३० बजे पानीसँगै आएको तीव्र हावा हुरीका कारण सो क्षेत्रका करिब १५ घरधुरीले व्यक्तिगत रूपमा लगाएको अन्दाजी ३० बिघा क्षेत्रफलमा फैलिएको केराखेती पूरै नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

क्षतिको जानकारी मिति वैशाख २९ गते बिहान ११:०० बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बामा प्राप्त भएपछि प्रहरी नायब निरीक्षक (प्रनानि) बल बहादुर राईको कमान्डमा प्रहरी टोली खटिएको थियो। स्थलगत अनुगमनपछि उक्त टोलीले करीब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

पीडित किसानहरू अहिले चिन्तित अवस्थामा रहेका छन्। केराखेतीबाट जीविकोपार्जन गरिरहेका किसानहरू अहिलेको क्षतिपछि थप आर्थिक संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन्।

स्थानीय तह तथा सम्बन्धित निकायसँग प्रभावित किसानहरूले राहत तथा सहयोगको माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article