समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

 नमो: बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

बिर्तामोड । बिर्तामोड–४ स्थित नमो: बौद्ध गुम्बाको आयोजनामा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। बुद्ध जयन्ती कार्यक्रम गुम्बा व्यवस्थापन समिति अध्यक्ष हस्तबहादुर तामाङको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा स्थानीय बौद्ध अनुयायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने धार्मिक झाँकी, शान्ति पदयात्रा, दीप प्रज्वलन र ध्यान साधनाजस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिएको थियो। प्रमुख अतिथि प्रसाईले बुद्धको शिक्षाले आजको समाजमा शान्ति, सहिष्णुता र समभावको सन्देश फैलाउने बताउँदै यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमहरू समुदायको एकता र सद्भाव बढाउने माध्यम हुने धारणा व्यक्त गरिन्।

Advertisement

कार्यक्रममा गुम्बाका लामा गुरुले बुद्ध धर्मका शिक्षामाथि प्रवचन दिँदै करुणा, अहिंसा र मानव कल्याणको मार्गमा हिँड्न सबैलाई आह्वान गरेका थिए। सांस्कृतिक प्रस्तुति र धर्म चर्चा सहित कार्यक्रम सञ्चालन भएको थियो।

बुद्ध जयन्तीको अवसरमा गुम्बा परिसरमा विशेष सजावट गरिएको थियो भने सर्वसाधारणका लागि निःशुल्क प्रसाद वितरणको पनि व्यवस्था गरिएको थियो। आयोजक समितिका अनुसार, यस्तो कार्यक्रमले युवा पुस्तामा धार्मिक चेतना र सांस्कृतिक पहिचानको संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article