समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

विद्युत् सर्टबाट आगलागी: भद्रपुरमा एक घर जलेर नष्ट

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–९ जमदार चोकमा आज बिहान २ बजे विद्युत् सर्ट भई आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

Advertisement

आगलागी गीता कार्की पौडेलको टिनको छानो र बाँसको टाटीबेरा भएको भान्साघरमा भएको हो। विद्युत् सर्टबाट सुरु भएको आगोले घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात लगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

Advertisement

प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि आगो निभाइसक्दा घर पूर्णरूपमा क्षतिग्रस्त भइसकेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article