समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि सोमबार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Advertisement

बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा भएको उक्त दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

Advertisement

गुरूङ गम्भीर घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। दुर्घटनामा सोही मोटरसाइकलमा सवार एक जना र अर्को मोटरसाइकलका चालक समेत घाइते भएका छन्। उनीहरूको पनि राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article