समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु

चितवन, वैशाख २२ । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१७ निवासी १८ वर्षीय कुमार नेपालीको सोमबार मझुवास्थित नारायणी नदीमा डुबेर ज्यान गएको हो।

Advertisement

नदीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।

Advertisement

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। गर्मीयाम सुरु भएसँगै नदी तथा जलाशयमा सुरक्षाका उपाय नअपनाई पौडी खेल्ने क्रम बढ्दो छ, जसका कारण दुर्घटनाको जोखिम उच्च रहेको सुरक्षा निकायहरूले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article