बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल विश्वको १७औ र दक्षिण एसियाको पहिलो देश हो : स्वागत नेपाल

विश्वको पहिलो पटक प्रकाशित भएको ग्लोबको नक्सामा विश्वका जम्मा २१ वटा मात्र थिए र त्यसमध्ये नेपाल पनि थियो । नेपाल विश्वको १७औ र दक्षिण एसियाको पहिलो राज्य हो । कुरा यहीँबाटै शुरु गरौँ ।
ठीक यो वर्ष नै नेपाल देशको सीमाना पहिलो पटक तयार भएको दुई सय ५० पूरा भएको छ । यो समयलाई एक चौथाई सहस्राब्दी भनिन्छ । अर्थात् नेपाल संसारमा यस्तो देश हो जसले आफ्नो पहिलो पटक औपचारिक राजनीतिक सीमाना बनाएको १००० वर्षको एक चौथाई काल पूरा गरेको छ । त्यसैले यस्तो भाग्यशाली र गौरवशाली देशको नागरिकको हैसियतमा नेपालीहरुले यो वर्षलाई मनाउनु पर्छ । यद्दपि हामी पूरातन सामन्ती ढूंगेयूगीन शासनमा बाँचिरहेका छाँै त्यसबारेमा बेग्लै चर्चा गरौंला ।

Advertisement

सन् १७६८ अर्थात् विसं १८२५ देखि सिमाना निश्चित गर्दै नेपालले औपचारिक राजनीतिक कूटनीतिक आकार सहित फैलन थालेको थियो । पृथ्वीनारायण शाहका केही तथ्यहरु बडो सुरुचीपूर्ण छन् । जस्तो कि, नेपालमा ००८ सालदेखि औपचारिक बजेट बनाउन थालिए पनि त्यसपूर्व पनि बजेट र करका कामहरु हुन्थे । राणाकालमा राणा शासकहरुले वर्षको एक पटक बजेट बनाउँदा आफू आफू नै रकम नै अंशबण्डाजस्तो भाग बाँडेर लिन्थे । अहिलेका कुशासकले राज्यकोषको नगदै र सार्वजनिक जमीन नै खैँचेर लिन्छन् तर पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका, चौविसे राज्यहरु जितिसकेपछि उनका भाइहरुले अंश भाग मागेर देशदेशका राजा हुन खोजे पनि दिएनन् । काठमाडौँं उपत्यकामा यक्ष मल्लले आफ्ना छोराहरुलाई अंशभाग लगाइदिएर काठमाडौं, ललितपुर र भक्तपुर तीन टुक्रामा देश नै विभाजन गरेको कुराबाट उनले पाठ सिकेका थिए । बरु गोत्रहत्या गर्नु हुन्न भन्ने मान्यता रहे पनि काशी गएर गोत्र नै परिवर्तन गरेर आएर गोत्र परिबर्तन गरेपछि बात लाग्दैन भनेर सगोत्रीहरुको समेत हत्या गरेर पनि राज्य बढाए । त्यतिबेला हत्या नै गरे पनि कम्तीमा त्यसरी थोरै भए पनि लाजधर्म राखेर हत्या गर्थे ।

Advertisement

देशका सन्दर्भमा आत्मविष्मृतिको रोग असाध्यै खतरनाक हुन्छ । हामी नेपालीलाई त्यही रोगले सताएको छ । इतिहाससँग कुनै जातजाति भाषा वर्ग समुदायले बदला लिनु हुँदैन न्याय गर्नुपर्छ । अन्यायमा परेकाले क्षतिपूर्तिका रुपमा न्याय पाउनुपर्छ । क्षतिपूर्ति बदला होइन । हो, नेपालको इतिहासमा अन्यायमा परेको वर्ग जाति प्रशस्त छन् जसले ऐतिहासिक अन्यायको न्याय पाउनुपर्छ । क्षतिपूर्ति पाउनु पर्छ । तर, बलभद्र भक्ति थापा अमरसिंहहरुका योगदान बिर्सनुहुन्न ।

अब, नेपाल विश्वको १७औ र दक्षिण एसियाको पहिलो औपचारिक राज्य हो भन्नेतर्फ स् विश्वको पहिलो राज्य हो, चीन हो । नेपालको सन्दर्भमा जसले जति विवाद गरे पनि सन् १७६८ लाई नेपालको स्थापना भएको विश्व समुदायले मान्छ । संयुक्त राष्ट्रसंघले पनि २५ सेप्टेम्बर १७६८ नेपाल स्थापनाको मिति पहिलो पटक निश्चित भएको भनेर आफ्नो रेकर्डमा राखेको छ । खासमा नेपालको स्थापना कहिले भएको भन्ने कुनै रेकर्ड छैन तर देश चाहिँ थियो, फैलिँदै जाने अर्को क्रम थियो । यसको तिथिमितको बारेमा जसरी जिससको जन्मपछि मात्र क्रिश्चियन धर्म शुरु भएको, बुद्धको जन्मपछि मात्र बुद्ध धर्म शुरु भएको, प्रोफेट मोहम्मदको जन्मपछि मात्रै इस्लाम धर्म शुरु भएको तर वैदिक सनातन धर्म कसको जन्म भएपछि कसले कहिले शुरु गरेको भन्ने पनि कुनै तिथि मिति छैन । संस्कृतमा स न अन्त इतिः सनातन अर्थात् जसको कुनै शुरु र अन्त्य छैन त्यही सनातन हो भनेजस्तो नेपालको पनि खास यही दिनदेखि नेपाल देशको स्थापना भएको भन्ने छैन । त्यसैले संसारमा नेपाल मात्र यस्तो देश हो जसले आफ्नो स्थापना दिवस मनाउँदैन किनकि यही दिन स्थापना भन्ने संयुक्त राष्ट्र संघले रेकर्ड राखे पनि विकिपिडियाले भने पनि, संयुक्त राष्ट्र संघको आधिकारिक वेव साइटमै राखे पनि हामी हाम्रो स्थापना दिवस मनाउँदैनाँै । किनकि हामी सनातन राष्ट्र हौ । सनातन भनेको धार्मिक अर्थमा मात्र बुझाउन खोजिएको होइन कि संस्कृतको भावार्थ अनुसार आदि र अन्त्य नभएको हो ।

जो होस् चीन पहिलो, सान मारिनो दोस्रो, जापान तेस्रो, त्यसपछि क्रमशः फ्रान्स, डेनमार्क देशहरुले औपचरिक मान्यता पाएका थिए । यूरोपका १३ वटा देश नेपालभन्दा पहिला स्थापना भएको संयुक्त राष्ट्रसंघको तथ्यांकमा पनि देखिन्छ । तर, उसले पनि गलत डाटा राखेको छ किनकि त्यतिबेला नै नेपालमा मिसिएका २२ वटा राज्य पहिल्यै थिए र त नेपालमा सम्मिलन भएका थिए । जापान थाइल्यान्ड नेपालभन्दा पहिला स्थापना भएको राष्ट्रसंघको रेकर्डमा छ । अफगानिस्तान नेपालभन्दा पछि बनेको हो उसको तथ्यांक निश्चित छैन भन्ने मानिन्छ । यस हिसाबले हाम्रो देश नेपाल दक्षिण एसियाकै पहिलो देश हो । इण्डियाका लागि नेपालले नै संयुक्त राष्ट्र संघको सदस्यताका लागि सिफारिष गरेको हो । इण्डिया सन् १९४७ मा मात्रै राज्य बनेको हो । अमेरिका पनि नेपालभन्दा ८ वर्ष कान्छो देश हो । यसलाई के ले पनि प्रमाणित गर्छ भने विश्वको सबैभन्दा पहिलो पटक प्रकाशित राष्ट्रसंघले समेत मान्यता दिएको पहिलो ग्लोबको नक्सा र एटलसमा विश्वमा जम्मा २१ वटा मात्र देशहरुको नक्सा देखिन्छ । त्यो नक्सामा नेपाल पनि देखिन्छ । हामीले हाम्रो प्राचीनताको यस्तो महत्वपूर्ण कुरा बुझ्न सकेनाँै ।

अहिलेसम्म कुनै पनि देशले चौथाई सहश्राब्दी अर्थात् क्वाटर मिलिनियम मनाएका छ्रैनन् । त्यसैले नेपालले यो वर्ष चौथाई सहश्राब्दी अर्थात् क्वाटर मिलेनियम मनाउने हो भने नेपाल विश्वको पहिलो देश हुने थियो । यो वर्षलाई बुद्धि हुने हो भने सरकारले नै घोषणा गरेर मनाउनु पर्ने हो तर यिनको यस्तो ऐतिहासिक, आफ्नोपनको रक्षा गर्ने विषयमा न त कुनै यिनका हावादारी सल्लाहकार भन्ने कमिशनखोरहरुले सल्लाह दिने हैसियत नै राख्छन् न त बुझ्न नै सक्छन् । तर पनि हामी सबैले नागरिक तहमा चाहिँ यसलाई बुझेर मनाऔँ । नयाँ वर्षमा पूराना कुरा नभुलाँै । सबैमा फेरि पनि शुभकामना पूराना कुरा, आफ्नो ऐतिहासिकता नबिर्सने ज्ञानमा हामी सबैमा आउन सकोस् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article