समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रहरीले झापामा बरामद गर्‍यो एक लाखभन्दा बढी मूल्यको सामान

झापा, बैशाख २९ – बैशाख २९ गते साँझ ६:१० बजे, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको अवैध कपडा फेला पारी बरामद गरेको छ।

Advertisement

प्रहरीका अनुसार मेचिनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर अगाडि बेवारिसे अवस्थामा राखिएको कपडा फेला परेको हो। ती कपडाहरू लुकाई छिपाई भारतबाट ल्याइएको आशंका गरिएको छ।

Advertisement

बरामद गरिएका सामग्रीमा सुतिको गम्छा ७१५ पिस, थानको कपडा ७२ मिटर, पहेंलो कमिज १२ पिस, जेन्स भेष १९ पिस, पञ्चु १० पिस र लेडिज साडी १२ पिस रहेका छन्। उक्त कपडाहरूको अनुमानित मूल्य रू. १,१९,०५० (एक लाख उन्नाइस हजार पचास) रहेको छ।

हाल प्रहरी टोलीले ती अवैध सामग्री आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाउने तयारी गरिरहेको जनाएको छ।

प्रहरी प्रशासनको सतर्कता र निगरानीले सीमावर्ती क्षेत्रमा भन्सार छली जस्ता गतिविधि नियन्त्रणमा आउने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article