समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोड ३ को अदुवा खोलामा धमाधम तटबन्दन हुँदै

बिर्तामोड, ३० बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित अदुवा खोलामा धमाधम तटबन्धन भईरहेको छ । बिर्ताबजार पश्चिम पुलको उत्तर भागमा ४४ मिटर क्षेत्रफलमा तटवन्धन कार्य भईरहेको हो ।

Advertisement

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत काम भईरहेको वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । यसमा ५ प्रतिशत उपभोक्ताकोसमेत श्रमदान रहनेछ ।

Advertisement

तटवन्धनले कटानको समस्या हलहुनकासाथै छठ पुजास्थलसमेत व्यवस्थित हुने वडाअध्यक्ष मदन बुढाथोकीले बताउनु भयो ।

वडा नम्बर १ र ५ को सिमानामा रहेको धिमाल टोल नजिकैको अदुवा खोला किनारमा पनि तटवन्धन कार्य धमाधम भईरहेको छ । ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत नै ६६ मिटर क्षेत्रमा तटवन्धन भईरहेको हो । उक्त योजनाको गत बैशाख २४ गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गर्नु भएको थियो । बिर्तामोड नगरपालिकामा संघ, प्रदेश र नगरको गरि २ अर्ब भन्दा बढिका विभिन्न योजनाहरु सञ्चालमा छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article