हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नं २ मा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

वडा नं २ को आसमान गाउँमा बस्दै आएका अन्दाजी ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको प्रहरीले जनाएछ। लामो समयदेखि बिरामी रहेका उनी लाई बिहान ५ बजेतिर शौचालयमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो।

आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली घटनास्थलमा आउँदै गरेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभएको छ।