बझाङ । बझाङ, बुंगल नगरपालिका–८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित खोलामा खसेर एक जनाको मृत्यु भएको छ।

स्थानीय ५५ वर्षीय सुका ऐडी मकै लगाउने क्रममा आफ्नै खेतबारीबाट करिब ५०० मिटर तल खोलामा खसेका थिए। दुर्घटनामा गोरुको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते भएका सुका ऐडीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयहरूले जानकारी दिएका छन्।घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।
