समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा चेन्जिङ रुमभित्र एक पुरुष मृत अवस्थामा फेला

झापा, वैशाख ३० । झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ३ केर्खाचोकस्थित फुटबल खेल मैदानको मंच भवनको पश्चिमपट्टि रहेको चेन्जिङ रुमभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

Advertisement

दमक नगरपालिका वडा नं. ४ मंगल टोल निवासी भक्त बहादुर दर्जीका ३५ वर्षीय छोरा खगेन्द्र दर्जी आइतबार बिहान करिब १०:२० बजे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दर्जी चेन्जिङ रुमको भित्री भागमा उँधो परी मृत अवस्थामा फेला परेका थिए।

Advertisement

प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। स्थानीयहरूले खगेन्द्र मागीखाने बानी भएका व्यक्ति भएको बताएका छन्। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल पठाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article