झापा, नेपाल / बर्खा सुरु हुनै लाग्दा झापामा संकटको संकेत देखिन थालेको छ। नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सार्वजनिक रुपमा गम्भीर चेतावनी दिएका छन्

उनले सामाजिक सञ्जाल मार्फत “अब केही दिनमै झापाको एक ठाउँबाट अर्को ठाउँ जान नसकिने अवस्था आउन सक्छ।” त्यसको लागि सबै सजग र सतर्क रहनु रेडक्रम कर्मीलाई आह्वान गरेका छन् ।

ढकाल ले आफ्नो सामाजिक सञ्जाल मार्फत लेखेका छन्
– दाताहरू र अन्य निकायहरूबाट प्राप्त राहत सामग्री कन्टेनरहरूमा भण्डारण गरिएको छ। रेडक्रस र WFP को सहकार्यमा ती सामग्रीहरू तयारी अवस्थामा छन्।
तर…
ती राहत कसरी पुग्ने? बाटो नै छैन! महेन्द्र राजमार्ग (एशियन हाइवे) खनिएको छ, हुलाकी राजमार्गमा विरिङ र कनकाई पूल जीर्ण छन्। यो अवस्था केवल “असजिलो” होइन, सरकारको गैरजिम्मेवारीपनको चरम सीमा हो।
आफ्नो सामाजिक सञ्जालमा वा आफूले कुनै कार्यक्रममा बोल्दा नरम स्वभावले लेख्ने वा बोल्ने ढकाल ले आजको पोस्ट मार्फत निकै गम्भीरतापूर्वक सरकार र राजनीतिक दलका अगुवा हरुलाई दन दिएका छन्। २०४३ / ४४ सालदेखि रेडक्रसमा सक्रिय ढकाल हाल नेपाल सोसाइटी झापा जिल्ला सभापति रहेका छन्।
उनले आफ्नो फेसबुक मार्फत “यो वर्ष आवतजावतमा धेरै कठिनाइ हुन्छ। विकराल अवस्था आउन सक्ने भएकाले पूर्वतयारी आवश्यक छ। सबै सचेत र सजग हुनुपर्छ।” भन्दै सबैलाई सजग रहन सार्वजनिक रूपमै अपिल गरेका छन्। सामाजिक सेवामा निकै सक्रिय ढकाल राजनीतिक रुपमा फरक धारको भए तापनि वर्तमान प्रधानमन्त्री केपी ओलीको निकै विश्वास पात्रको रुपमा उनलाई चिन्न सकिन्छ। तर उनले आज उनै ओली नेतृत्वको सरकारप्रति समग्र देशमा आइपर्ने समस्याका बारेमा खबरदारी गरेका छन्।
अब प्रश्न उठ्छ ? सरकार किन मौन छ जब स्थानीय नेतृत्वले यति स्पष्ट रूपमा चेतावनी दिइरहेका छन्? के संकट पर्खेरमात्रै उपाय खोज्ने नीति हो यो?