समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा हावा हुरीले घर भत्किँदा ६५ वर्षका मगरको मृत्यु

झापा, २०८२ जेठ १ / झापाको हल्दिबारी गाउँपालिका–५, त्रिवेणी चोकमा गएराती २३ : ५० मा आएको भीषण हावा हुण्डरीले एक वृद्धाको मृत्यु भएको छ।
६५ वर्षीय मानबहादुर मगर( ताराबाबु)आफ्नै टिनको छाना भएको टाडेघरमा सुतेका बेला अचानक आएको हावाहुरीले घर भत्किएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरको बिमले थिचिएर उहाँको घटनास्थलमै मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन्। दुर्घटना भएको केही बेरमै स्थानीयले उद्धार गरेर बाहिर निकाले पनि उनको मृत्यू भई सकेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक मगरको सबलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article