कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिका वडा नं १ का किसानहरूलाई कृषि औजार 

गोलधाप / हल्दीबारी गाउँपालिका वडा नं १ ले वडाबाट विनियोजित बजेट मार्फत किसानहरूलाई कृषि औजार हस्तान्तरण गरेको छ।

Advertisement

Advertisement
वडा अध्यक्ष देवीबहादुर थापाको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेनको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा स्प्रे ट्याङ्की,मकै छोडाउने मेसिन र मकै रोप्ने मेसिन किसानलाई हस्तान्तरण गरिएको थियो।
वडा र किसानको ५०-५० साझेदारी कार्यक्रम अन्तर्गत  उक्त सामग्रीहरू वितरण गरिएको वडाध्यक्ष देवी बहादुर थापाले कार्यक्रममा जानकारी दिनुभएको थियो ।
वडा कार्यालयको सिलिङ बजेट ६ लाख३९ हजार र किसानको ६ लाख३९ हजार बाट किसानहरुलाई स्प्रे ट्याङ्की ,मकै छोडाउने मेसिन, मकै रोप्ने मिसिन, कृषि हलो र  सिँचाइ मोटर वितरण शुरु गरिएको वडा सचिव तुलसा खत्रीले जानकारी दिनुभएको छ ।
किसानलाई कृषि मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले किसान र वडाको साझेदारी कार्यक्रम अन्तर्गत सामग्रीहरू वितरण वडाको नीति तथा कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न कृषि औजारहरू वितरण गर्दै आएको छ।
वडाको चालु आर्थिक वर्ष २०८१ /०८२ अन्तर्गत किसानहरूलाई ४५ वटा  स्प्रे ट्याङ्की , १४ थान समूहलाई मकै छोड्आउने मेसिन , ३६ वटा मकै रोप्ने मिसिन, ५२ वटा  सिँचाई मोटर र ७० वटा कृषिहलो वितरण सुरु गरिएको हो।
कृषि सामग्री हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य शान्ता शिवाकोटी, रूपादेवी रसाइली, वडा सदस्यहरू प्रकाश कुमार कार्की कुलबहादुर बान्तवा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई प्रमुख अतिथि रविन्द्र प्रसाद लिंगदेन, वडाध्यक्ष देवीबहादुर थापा ले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि वडा सदस्य प्रकाश कुमार कार्कीले प्रकाश पार्नुभएको कार्यक्रमको सहजीकरण वडा सचिव तुलसा खत्रीको रहेको थियो l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article