समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा मोटरसाइकल दुर्घटना : दुई घाइते, एकको अवस्था चिन्ताजनक

झापा । सगरमाथा गोलाधाप सडकखण्ड अन्तर्गत हल्दीबारी गाउँपालिका वडा नम्बर १ स्थित कपुरथान पूर्व हेमबहादुर लिङ्देनको घर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

Advertisement

दुर्घटनामा बिर्तामोड नगरपालिका–१०  निवासी अन्दाजी ३७ वर्षीय रमेश मोक्तान र विक्रम योङहाङ घाइते भएको वडा अध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो। बागमती प्रदेश ०२–०२९ प १९१० नम्बरको मोटरसाइकलमा सवार उनीहरू अनियन्त्रित भई लडेर घाइते भएका हुन्।

Advertisement

प्रहरीका अनुसार घाइते रमेश मोक्तानको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी हल्दीबारी गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि बिर्तामोडस्थित वीरता सिटी अस्पताल लगिएको वडा अध्यक्ष थापाले बताउनुभयो। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article