समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा बाबुबाट छोरामाथि खुकुरी प्रहार

झापा — झापाको शिवसताक्षि नगरपालिका–३, पाराबारीमा पारिवारिक विवादका क्रममा एक बाबुले आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका छन्।

Advertisement

शुक्रबार बिहान करिब ७:१५ बजे मन कुमार तामाङ (४०) ले आफ्नो १८ वर्षीय छोरा सुसन तामाङमाथि खुकुरी प्रहार गरेका हुन्। बाबु–छोराबीच घरायसी विवाद चर्किएपछि झगडामा परिणत भएको र त्यसक्रममा मन कुमारले खुकुरी प्रयोग गरी प्रहार गरेको प्रहरीले जनाएको छ।

Advertisement

खुकुरी प्रहारबाट सुसन तामाङको टाउको र दाहिने खुट्टाको घुँडापछाडि चोट लागेको छ। घटनापछि प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरी टोलीले घाइतेलाई तत्कालै उद्धार गरी दमकस्थित निम्स अस्पताल पठाएको छ। हाल घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनापछि खुकुरीसहित अभियुक्त मन कुमार तामाङलाई नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिले बाट भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article