झापा, २०८२ जेठ ५ । पश्चिम राजमार्ग हुँदै भारतको काकरभिट्टा नाका भएर नेपाल भित्रिएका भारतीय नम्बर प्लेट भएका तीन वटा कन्टेनरहरूमा भन्सार छली गरी ल्याइएको अबैध कृषि उपकरण फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा NL01AH 5679, NL01N 9223 र NL02L 7486 नम्बरका कन्टेनरहरूबाट Track combine harvester with straw collector and standard accessories नामक अबैध सामानहरू बरामद गरेको हो।
बरामद गरिएका ती कृषि उपकरणहरूको अनुमानित मूल्य अन्दाजी रु. ३,६१,००,००० (तीन करोड एकसष्ठी लाख रुपैयाँ) रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका कन्टेनर र सामानहरू आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, ईटहरी, सुनसरी पठाइएको छ।