समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

काँकरभिट्टामा अबैध रुपमा भन्सार छली ल्याइएको सामान नियन्त्रणमा

झापा, २०८२ जेठ ६ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर अगाडिको क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइएको ठूलो परिमाणको अबैध सामान नियन्त्रणमा लिएको छ।

Advertisement

प्राप्त जानकारी अनुसार, आज साँझ १८:१० बजे प्र.नि. राज कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले शंकास्पद रुपमा ल्याइँदै गरेका सामग्रीहरु फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सामग्रीमा ५० केजी चिनी, ४ काटुन कोक, १० केजी बिस्कुट, ९ प्याकेट चकलेट, १० केजी जिरा, ११ जोर कुर्था–सुरुवाल, ४ पिस सारी, ५ वट्टा Necool thinner, ५ वट्टा रसबरी, १२० पिस पूजाका कपडा, १ काटुन सलाई, १६ प्याकेट भुजिया, १२ केजी पास्ता, ४ केजी आँटा, २ केजी नरिवल, १६ लिटर तेल, १५ केजी सरफ, ५ प्याकेट सुर्ती, २० लिटर मोबिल र २ बोरा पानको पात रहेका छन्।

Advertisement

जम्मा एक लाख बयालिस हजार चार सय रुपैयाँ (रु. १,४२,४००) बराबरको ती वस्तुहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेचि भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा अबैध सामान ओसारपसार रोक्नका लागि नियमित निगरानी र छापा कार्यलाई अझ सशक्त बनाउने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article