समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ हात्ती मृत अवस्थामा फेला

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ नामले चिनिने एक रैथाने जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

Advertisement

Advertisement

स्थानीयबासीले आज विहान जंगल घुम्ने क्रममा हात्ती मरेको देखेपछि तुरुन्तै बन कार्यालयलाई खबर गरेका थिए। खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारीहरु घटनास्थल पुगेका थिए र आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ।

मृत फेला परेको हात्तीलाई स्थानीयहरु ‘घुमन्ते गज’ भनेर चिन्थे, जुन समय–समयमा विभिन्न क्षेत्रमा घुम्ने गर्थ्यो। घटनास्थलमा बनका प्राविधिक टोलीले परीक्षण गरिरहेको छ भने हात्तीको पोस्टमार्टम गरी विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article