समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको लक्ष्मिपुरबाट अनलाइन सट्टाबाजीमा संलग्न आमा-छोरी पक्राउ

झापा, जेठ ७ । झापाको कनकाई नगरपालिका वडा नम्बर ८, लक्ष्मिपुरस्थित एक घरमा अनलाइन सट्टाबाजी (जुवा) सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले दुई महिलालाई पक्राउ गरेको छ।

Advertisement

प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा गएको टोलीले ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाईलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ५ थान मोबाइल फोन, २ थान ट्याब्लेट र १ थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article