समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

तीनकुने प्रदर्शन प्रकरण: दुर्गा प्रसाईंसहित १०८ जनाविरुद्ध अभियोजन सिफारिस, ५ वटा मुद्दा लागु

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित १०८ जनाविरुद्ध प्रहरीले अभियोजनको सिफारिस गरेको छ।

Advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौंले बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंमाथि राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी पाँच वटा मुद्दामा अभियोजन गर्नुपर्ने राय दिएको हो।

Advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध पनि राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी मुद्दामा कारबाही गर्नुपर्ने प्रहरीको सिफारिस छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिल बोहराका अनुसार सो प्रदर्शनमा संलग्न ठहर गरिएका १०८ जनालाई प्रतिवादी बनाउने राय सहित प्रतिवेदन बुझाइएको हो। तीमध्ये १८ जना अझै फरार छन् भने ९० जना पक्राउ परेका वा हाजिर जमानीमा छुटेका छन्।

प्रहरीले हाल अनुसन्धान प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा पेश गर्ने तयारी गरेको छ। यस घटनाले राजनीतिक र कानुनी रूपमा ठूलो चासो उत्पन्न गराएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article