समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चोरी गरिएको तामाको तारसहित दुई भारतीय नागरिक झापाबाट पक्राउ

झापा । इलाका प्रहरी कार्यालय धुलाबारी अन्तर्गत प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ७ गते बिहान करिब ८:४५ बजे चोरी गरिएको तामाको तारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

मेचिनगर नगरपालिका–७ स्थित ५ नं. पोष्टको चिया बगान क्षेत्रमा शंका लागि चेकजाँच गर्दा भारत दार्जिलिङ पानिट्याङका २७ वर्षीय तापच बरमण र २२ वर्षीय अमित सरकारबाट करिब १०० किलो तामाको तार फेला परेको प्रहरीले जनाएको छ। उक्त तारको अनुमानित मूल्य करिब ८० हजार रुपैयाँ बराबर रहेको छ।

Advertisement

प्रारम्भिक सोधपुछमा दुवैले तार मेचिनगर नगरपालिका–१३ चारआली आसपासको क्षेत्रमा चोरी गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। नेपाल टेलिकम धुलाबारी शाखाले पनि बिजुलीको पोलमा जडान गरिएको कपर नेटवर्कको तार हराएको भनी प्रहरीमा निवेदन दिएको छ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article