समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिका सुकुम्बासी बस्तीबाट ब्राउन सुगर सहित २ युवक पक्राउ

झापा, जेठ ९ । झापा जिल्लाको झापा गाउँपालिका वडा नं. ४ स्थित सुकुम्बासी क्षेत्रमा लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

शनिबार राति करिब ९:१५ बजे प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट साइकलमा नेपाल प्रवेश गरिरहेका दुई युवकलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा परेका व्यक्ति झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ निवासी २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरिया रहेका छन्।

Advertisement

प्रहरीका अनुसार चेकजाँचको क्रममा अनुरोध ताजपुरियाले लगाएको ट्रयाक सुटको दाहिने साइडको फेरमा लुकाई ल्याइएको ब्राउन सुगर जस्तो देखिने लागुऔषध पदार्थ फेला परेको थियो। बरामद पदार्थ प्लास्टिक सहित १ ग्राम १७० मिलिग्राम तथा प्लास्टिक बाहेक ८०० मिलिग्राम रहेको छ। हाल उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको झापा प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article