समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचिनगरमा मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने युवकहरु पक्राउ

झापा, जेठ ९ । झापाको मेचिनगर नगरपालिका–१० खयरडाँगीमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले जेठ ९ गते साँझ करीब ५ बजे खयरडाँगीस्थित स्थानमा विशेष अपरेसन चलाएको थियो।

Advertisement

अपरेसनका क्रममा मेचिनगर–१० बस्ने ३३ वर्षीय मोहन चौधरी र मेचिनगर–१५ बस्ने ३४ वर्षीय डिपलेस मेचेलाई शंका लागी चेकजाँच गर्दा चौधरीको मलद्वारमा लुकाइएको अवस्थामा प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ फेला परेको प्रहरीको भनाइ छ।

बरामद गरिएको उक्त पदार्थ प्लास्टिकसहित ६ ग्राम १५० मिलिग्राम र प्लास्टिकबाहेक ५ ग्राम १७० मिलिग्राम रहेको बताइएको छ। उनीहरूले प्रयोग गरेको मे.९प.३९४९ नम्बरको स्कुटर र रेड्मी कम्पनीको मोबाइल फोन (सिम नम्बर 9707119519) समेत प्रहरीले बरामद गरेको छ।

दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अधिक जानकारी र थप अनुसन्धान पछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article