समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा जंगली च्याउ खाँदा एक किशोरीको मृत्यु, तीन जना गम्भीर

इलाम । जंगली च्याउ खाँदा इलाममा एक किशोरीको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर बिरामी भएका छन्।

Advertisement

इलाम माङसेबुङ गाउँपालिका–५ की १७ वर्षीया नुमा लावतीको जंगली च्याउ सेवन पछि स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना गरिएको थियो। विराटनगरस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Advertisement

त्यस्तै, इलाम चुलाचुली गाउँपालिका–४ की पुनम राई र उनकी छोरी नाम्ची राईले पनि आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेकी छन्। उनीहरूलाई दमकस्थित आम्दा अस्पतालमा भर्ना गरिएको छ र उपचार जारी रहेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार जंगली च्याउको पहिचान नगरी सेवन गर्दा विषालु प्रजाति परेमा ज्यानै जान सक्ने जोखिम हुन्छ। यसै कारण च्याउ खाँदा विशेष सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article