समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरकी १७ वर्षीया किशोरीलाई करणी गरी गर्भवती बनाउने शंकर राजवंशी पक्राउ

झापा । भद्रपुरकी एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरी आठ महिनाको गर्भ बोकाउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ देवीवस्ती निवासी अन्दाजी २० वर्षीय शंकर राजवंशी रहेका छन्।

Advertisement

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा लुकीछिपी बसिरहेका राजवंशीलाई प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो। पीडित किशोरीका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

Advertisement

जाहेरीमा उल्लेख अनुसार, गत असोज २४ गते बिहान ४ः३० बजेदेखि राति ९ बजेसम्म भद्रपुरको डेग्लो होटेलमा राजवंशीले किशोरीलाई जबरजस्ती करणी गरेका थिए। त्यसपछि पीडित शारीरिक रूपमा सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले उनलाई उद्धार गरी बुधवार साँझ प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेको थियो।

अनुसन्धानका क्रममा राजवंशी विवाहित भएको खुलेको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article