समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

“सांगीतिक प्रेरणामार्फत रक्तदान प्रवर्द्धनमा उदाहरणीय योगदा

काठमाडौँ,रक्तदानजस्तो पुण्य कार्यलाई जनचेतनामूलक अभियानमा बदल्नका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूले आ-आफ्नो तरिकाले योगदान गरिरहेका छन्।

Advertisement

डा. स्मृति शाक्यको स्वर, हरिशरण साय्मिको संगीत/संयोजन, र स्ट्रीङ्ग रेकर्डिङ स्टुडियो परिवारको समन्वयमा तयार भएको एक प्रेरणादायी सांगीतिक सन्देश सार्वजनिक गरिएको छ।

Advertisement

उक्त रचनामार्फत स्वयंसेवी रक्तदाताहरूलाई सम्मान तथा थप प्रेरणा दिने उद्देश्य राखिएको छ। यस अभियानमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले आभार प्रकट गरेका छन्।

रचना प्रेमसागर कर्माचार्यको रहेको यस गीतमा यस्ता भावनात्मक पंक्तिहरू छन्:

: “रक्तदान सबले गर्नुपर्ने पुण्य काम,
रक्तदान हो राम्रो काम, जीवनदायी पुण्य काम।”

: “मानवीय भावना मानवमा हुनु पर्छ,
एक–एक मिलेर यो संसार जोगाउनु पर्छ।
यो बुझेर हामी सबैले रक्तदान गर्नुपर्छ।”

: “आऊ, हामी सबै हातेमालो गरौं,
रक्तदानलाई आफ्नो दायित्व ठानी अगाडि बढौं।
जीवन र जगतको मूल्य बुझेर नै रक्तदान गरौं।”

सांगीतिक अभिव्यक्तिमार्फत सामाजिक सचेतना फैलाउने यो प्रयास उदाहरणीय छ। यस्ता सिर्जनाहरूले मानवता र सहकार्यको सन्देश फैलाउने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article