हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सप्तरीमा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा २ जनामा देखियो कोरोना पोजेटिभ

काठमाडौं ,सप्तरीमा २ जना व्यक्तिमा कोरोनाभाइरसको लक्षण देखिएको छ । र्‍यापिड डाइग्नोस्टक परीक्षण ० गर्दा २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । ७ जनाको आरडीटी टेष्ट गर्दा ५ जनाको रिपोर्ट नेगेटिभ आएको र २ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । कोरोनाको संक्रमण देखिएका उनीहरुको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको जनाइएको छ ।

Advertisement

उनीहरु मार्च ८ र ९ तारिखमा नयाँ दिल्लीको निजामुदिन मस्जितमा भएको कार्यक्रममा सहभागी भएर नेपाल आएका थिए । उनीहरू स्वाब थप परीक्षणपछि मात्र कोरोना संक्रमणको पुष्टि हुने जनाइएको छ । कोरोना पोजेटिभ र नेगेटिभ देखिएका सातैजनाको पीसीआर टेष्टका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)