समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाको पहल: मेहनती कृषकलाई सम्मान

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकाले मेहनत गर्ने कृषकको पहिचान गर्दै उत्कृष्ट कृषक छनौट गरी पुरस्कृत गर्ने निर्णय गरेको छ।

Advertisement

यस कार्यक्रमअन्तर्गत, खाद्यान्न, तरकारी, फलफूल, च्याउ खेतीदेखि लिएर पशुपालन र मत्स्यपालनसम्मका विभिन्न कृषि क्षेत्रका श्रमिक किसानहरूलाई पुरस्कृत गरिनेछ।

Advertisement

इच्छुक कृषकहरूले आज आइतवारदेखि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन पालिकाको कृषि विकास शाखामा तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ, जुन ढाँचा पालिकाको वेबसाइट www.haldibarimun.gov.np बाट डाउनलोड गर्न सकिन्छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) का अनुसार, आवेदन दिँदा नागरिकता प्रमाणपत्र, जग्गा सम्बन्धी कागजात, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, प्यान नम्बर र सम्बन्धित वडाको सिफारिस आवश्यक पर्नेछ। यो कार्यक्रमले मेहनत गर्ने कृषकहरूलाई उचित सम्मान दिने र आगामी पुस्तालाई कृषि क्षेत्रमा प्रेरित गर्ने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article