समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाल कवि विनोद भट्टराईको “बिना पैसा, राष्ट्र भ्रमण” अभियान

सुनसरी । पूर्वी नेपालको सांस्कृतिक, धार्मिक र ऐतिहासिक केन्द्रस्थल रामधुनी नगरपालिकाबाट बाल कवि विनोद भट्टराईले आर्थिक स्रोत नहुँदै पनि ‘बिना पैसा, राष्ट्र भ्रमण’ अभियान सुरु गरेका छन्। उनका लागि यो अभियान केवल यात्राको कथा नभएर रामधुनीको राष्ट्रिय पहिचान र इमानदार नेतृत्वको सन्देश देशभर फैलाउने महत्वपूर्ण मिसन हो।

Advertisement

रामधुनी, जहाँ प्रसिद्ध रामधुनी मन्दिर अवस्थित छ, धार्मिक आस्था र सांस्कृतिक विविधताको प्रतीक हो। यहाँका जनजीवन, परम्परा र सम्भावनाहरूले पूर्वी नेपालका हजारौँ मान्छेको मन जितेका छन्। विनोदको उद्देश्य यही पहिचानलाई व्यापक बनाउँदै लगानी, विकास र सचेत नेतृत्वको महत्त्व देशभर बुझाउनु हो।

Advertisement

विनोदले अहिलेसम्म चार कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् – ‘माता पिताको आशिर्वाद’, ‘जताततै कोरोनाको के हो यस्तो चिज ?’, ‘मेरो जिउदो देवता’ र ‘बालापन’। कलम, कापी र केही किताब मात्र साथ लिएर उनी देशका विभिन्न ठाउँमा पुगेर स्थानीय विद्यालय, धर्मस्थल र समुदायसँग भेटघाट गरी चेतना र नेतृत्वको महत्त्वबारे कुरा गरिरहेका छन्।

उनले भने, “हामीसँग इतिहास र संस्कृति छ, सम्भावना छ। अब आवश्यक छ, सचेत नागरिक र इमानदार नेतृत्व।” यो अभियानमा उनी कुनै राजनीतिक वा आर्थिक सहयोगमा निर्भर छैनन्। विनोदको यो संघर्षले युवामा देशप्रेम र सक्रियताको भावना जगाउने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article