हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतिय संचार माध्यमको आरोप मात्र होकि सत्य? : कृष्ण प्रसाद आचार्य

भारतिय संचार माध्यमले नेपालिहरु भारतमा कोरोना फैलाउन प्रयासरत छन भनेर बराबर प्रसारण गरिरहेछ, अन्तराष्ट्रिय जगतमा नेपालको स्तर गिर्दो छ, साच्चै धेरै सम्प्रेषण हुदै जादा र यसको सहि तरिकाले भारतिय संचारमाध्यमबाटनै खण्डन नहुने हो भने प्रमाणित हुदै जानेछ र युग युग नेपाल र नेपालिको आत्मसम्मानमा नमेटिने दाग लाग्ने छ अनि विश्वसामु सधैं हाम्रो शिर झुक्ने छ, पतित र घृणित हुनेछौ हामि।नेपालका ५०/६० जनाको समुहले कोरोना बमको रुपमा भारत विरुद्ध प्रयोग भइरहेछ,, के यो सत्य हो,,? यदि नेपालबाट कसैले प्रयोग गरिरहेको हो भने यथासक्य चाडो प्रमाणित गरि कानुनको दायरामा ल्याएर हदै सम्मको कार्वाही हुन पर्यो ताकि कुनै छिमेकि बिरुद्ध त्यस्तो दुस्साहस फेरि कसैले गर्न त के सोच्न सम्म नसकोस।

Advertisement

आजको यो अवस्थामा मलाइ लाग्छ विश्व एकै ठाउँमा उभिएर अहिले सम्म भएका कमीकमजोरी त्यागेर, सिमारेखा मेटेर विश्वबन्धुत्व अबधारणा बनाउदा उत्कृष्ट विश्व बन्छ दुइ मत छैन। कल्पना मात्रै गरौ त कस्तो दुनिया बन्छ? तर प्रेमको हात फैलाउने समयमा आक्षेपका माध्यमबाट घृणित कार्यहरुले स्थान पाउदै गए भने यो पुस्ता मात्र हैन अनगिन्ति पुस्ता र पृथ्वी नै नारकीय बन्ने पक्का छ।

Advertisement

विश्व आक्रान्त रहेको अवस्थामा यसरि समाचार प्रसारण भैरहँदा के नेपाल र नेपालिको आत्मसम्मानमा ठेस पुगेको छैन? नेपालको सरकारलाई, नेपालका कुनैपनि राजनितिकदललाइ थाहा छैन, नेपालि संचार माध्यमले कहि कतै स्विकृति लिएर मात्रै यो गलत हो भन्न पर्ने हो र? कि ठुला राष्ट्र ले हामि सानो र गरीबलाई जतिनै लान्छना लगाए पनि सहनु पर्ने कुनै त्यस्तो अन्तराष्ट्रिय कानुन पो छ कि? नेपालको स्वाभिमानमा आँच आउदा राष्ट्रपति, प्रधानमन्त्री वा नेपाल सरकारका प्रवक्ताले यो गलत हो, यो छिमेकिलाई होच्याउने, दास झै ब्यबहार गर्ने गलत नियतको गलत मनोबृत्तिको हो भन्न पाइन्न? मलाइ लाग्छ अन्तराष्ट्रिय जगतमा वा सयुक्त राष्ट्रसंघमा नाम दर्ता हुदा दुबै देशको स्थान एउटै हैन र? यो जघन्य अपराध भित्र पर्दैनर अन्तराष्ट्रिय कानुन अनुसार? जे सत्य हो प्रमाणित गरि नेपाल र नेपालिको स्वाभिमान जोगाइयोस। सरकार, राजनितिक दल, बुद्धिजिवि समुदाय, संचार जगत र नेपालि जनता संकटको घडिमा सचेत भएर सत्यको वकालत गरौ। झुक्न भन्दा मर्न निको हो भन्ने प्रमाणित नहोस।

अन्त्यमा यो विसम परिस्थितिमा सबै विश्वमा रहेका मानव लगायत सम्पुर्ण को धैर्यता र संमयम्मताको क्षमताको विकास होस। कोरोनालाइ परास्त गर्ने उपाय चाडै पत्ता लागोस्। फेरि पनि अहोरात्र परिवार त्यागेर सेवामा खटिनु भएका डाक्टर, नर्स, प्रहरि, आर्मि, शसस्त्र वल, स्वयंसेवकहरु,पत्रकारहरु, जनप्रनिधिहरु मा उच्चसम्मानका साथ सलाम गर्दछु।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)