समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जाजरकोटमा ४.३ म्याग्निच्युडको भूकम्प

सोमबार दिउँसो जाजरकोट जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा जाजरकोटको रामिडाँडा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

Advertisement

हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताइएको छ। स्थानीयवासीहरूले हल्का धक्का महसुस गरेको बताएका छन् भने भूकम्पपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ।

Advertisement

यसअघि पनि जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल भूकम्पीय जोखिममा रहेको देश भएकाले समयसमयमा यस्तो धक्का अनुभव हुने गरेको विज्ञहरू बताउँछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article