समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ग्यास लिक भएर आगलागी: एकै परिवारका दाजु–बहिनीको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका दाजु–बहिनीको ज्यान गएको छ।

Advertisement

जेठ ११ गते पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरमा रेगुलेटर जडान गर्दा ग्यास लिक भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन्।

Advertisement

घटनामा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादव गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि दुबैलाई भैरहवास्थित मेडिकल कलेज लगिएको थियो। तर, शिवकुमारको भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। अर्कोतर्फ, सोनमको भैरहवामै उपचारकै क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानले ग्यास रेगुलेटर जडान गर्ने क्रममा ग्यास लिक भएको पुष्टि गरेको छ। गोठमा बलिरहेको आगोले ग्यास समातेर भान्सा कोठामा फैलिँदा ठूलो आगलागी भएको बताइएको छ। आगो नियन्त्रणमा इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोग रहेको थियो। चिकित्सकका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको ७५ प्रतिशत भाग जलेको थियो।

मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेले घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय बन्द गरिएको जानकारी दिएका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article