समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको दमकबाट लागु औषध सहित ४ जना नियन्त्रणमा

झापा । जिल्ला झापा, दमक नगरपालिका वडा नं. ९ स्थित चिया बगानको नौ घरे टोलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement

सूचना अनुसार हिजो १२ गते दिउँसो करिब १२:४५ बजेको समयमा भगवान किन्डो उराउको घरमा मानिसहरू भेला भई लागुऔषधको खरिद–बिक्री गर्दै थिए। सोही स्थानमा पुगेको प्रहरी टोलीले तलासी लिँदा जिल्ला झापा, दमक नगरपालिका वडा नं. ९, नौ घरेका २४ वर्षीय अजय राई, २३ वर्षीय रोहित गौतम, माछा खाडी निवासी ३१ वर्षीय राजु सुनुवार तथा घरधनी भगवान किन्डो उराउलाई फेला पारी नियन्त्रणमा लिएको हो।

Advertisement

तलासीको क्रममा अजय राईको साथबाट सेतो प्लास्टिकको टुक्रामा स–साना पोका पारी राखिएको अवस्थामा कुल ८७ वटा पोका फेला परेको र ती पोका खोल्दा खैरो हेरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ तौल गर्दा प्लास्टिकसहित ११ ग्राम र प्लास्टिक बाहेक ४ ग्राम ८८ मिलिग्राम भएको पुष्टि भएको छ।

बरामद लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article