समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बाह्रर्दशीमा आगलागी, २ गाईका बाच्छा जलेर मरे

झापा, २०८२ जेठ १३ – झापा जिल्ला अन्तर्गत बाह्रर्दर्शी गाउँपालिका–५, घोडामार टोलमा आज बिहान अन्दाजी ४:०० बजेको समयमा भएको आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Advertisement

स्थानिय ५० वर्षीय विष्णु ओझाको गुवालीमा खाना पकाउने चुलोमा खोलो उमालेर ननिभाई राखिएको अवस्थामा अचानक आगो सल्किएर आगलागी भएको हो। आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा अन्दाजी ४:३० बजे नियन्त्रणमा लिइएको थियो।

Advertisement

उक्त आगलागीमा विद्युत मटर, कुटी काट्ने मेसिन सामान्यरूपमा जलेका छन् भने दुईवटा गाईका बाच्छा जलेर मरेका छन्। साथै, गुवाली र काठपात पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट अन्दाजी रु. २,००,००० बराबरको क्षति पुगेको बताइएको छ।

आगो निभाउने क्रममा विष्णु ओझा स्वयंको ढाड र हातमा पोलेर घाइते भएका छन्। उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ र हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article