स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बहराइनबाट फर्किएका गोरखाका युवामा देखियो कोरोना पोजिटिभ

र्‍यापिड  डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

Advertisement

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

Advertisement

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनी बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो । उनीसँगै विदेशबाट आएका अर्का व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article