समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको काँकरभिट्टाबाट खैरो हेरोइनसहित शिवसताक्षीका लिम्वु पक्राउ

झापा, २०८२ जेठ १४ । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय बिरहाङ लेछर्वो लिम्वुलाई भारतको पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटिसफारीमा सवार अवस्थाबाट हिजो साँझ १८:१० बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरीलाई शंका लागेपछि निजको शरिर तथा साथमा रहेको सामानको तलासी गर्दा लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने प्लाष्टिकमा प्याक गरिएको ६ ग्राम १० मिलिग्राम, तथा प्लाष्टिक बाहेकको तौल ४ ग्राम ८०० मिलिग्राम लागूऔषध फेला परेको जनाइएको छ।

Advertisement

पक्राउ परेका लिम्वुलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article