समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बुटवलमा आमा र दुई बालबालिकाको बीभत्स हत्या, एक जना पक्राउ

बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोक नजिकै मिलीजुली पथमा एक आमा र उनका दुई सन्तानको निर्मम हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाका अनुसार २७ वर्षकी आमा, करिब ७ वर्षका छोरा र ४ वर्षकी छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

घटनामा संलग्न भएको आशंकामा सुजन कोइराला नामका ३०–३२ वर्षका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

प्रहरीका अनुसार घटनाको सम्पूर्ण विवरण भने आउन अझै बाँकी छ। स्थानीयहरू घटनाबाट स्तब्ध भएका छन् भने सुरक्षाकर्मीहरूले घटनास्थलमा सुरक्षा कडाई गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article