समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पूर्वराजाले व्यवस्था उल्ट्याउने सपना नदेख्न नेता सिटौलाको सुझाव

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक व्यवस्था उल्ट्याउने सपना नदेख्न स्पष्ट सुझाव दिएका छन्।

Advertisement

गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रविरुद्धका अभिव्यक्तिहरूलाई जनताले स्वीकार गर्ने अवस्था नरहेको बताए।

Advertisement

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको ‘लोकतान्त्रिक आन्दोलन–तीर्थराम डङ्गोल’ विषयक अन्तरक्रियामा बोल्दै उनले भने, “पूर्वराजा ज्ञानेन्द्रले राज्यबाट पाएको सम्मान स्विकारेर शान्तिपूर्वक बस्नु उचित हुन्छ।”

उनले स्मरण गरे, “म गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेको थिएँ। निवास र सुरक्षाको ग्यारेन्टी राज्यले दिएको हो।”

सिटौलाले स्थायी शान्तिको लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गरे। साथै, उनले जनताको बलिदानबाट आएको वर्तमान व्यवस्था जोगाउन जनताहरू स्वयं सक्षम रहेको धारणा राखे। “आजको नेपालमा कुनैपनि प्रतिगमनकारी सोच सफल हुँदैन,” नेता सिटौलाले प्रस्ट पारे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article