समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवल ७ का सेलिङ मोटरसाइकल दुर्घटनामा घाइते

कचनकवल गाउँपालिका वडा नं ७ साविक बालुवाडीका सुजन सेलिङ नेत्र राजमार्ग अन्तर्गत अधिकारी चोक घेराबारी सडक खण्डको जलथल जंगलमा ट्याक्टरसँग ठोकिँदा घाइते भएका छन्।

Advertisement

कचन कवलबाट ईटा बोकेर आएको मे १ त ६१०६ नम्बरको ट्याक्टर र अधिकारी चोकबाट आफ्नो घरतर्फ जाँदै गरेको मोटरसाइकल मे ५ प ६०९९ नम्बर सवार सेलिङ दुर्घटनामा परि घाइते बनेका हुन् ।

Advertisement

घाइते सेलिङको उद्धार गरी हल्दीबारी गाउँपालिकाको एम्बुलेन्स मार्फत उपचारको लागि बीएन्डसी टिचिङ अस्पताल बिर्तामोड पठाइएको कञ्चनश्री प्रहरी चौकीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article