हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बिर्तामोडमा जंगली हात्तीको आतङ्क, दुई घरमा ठूलो क्षति

झापा, २०८२ जेठ १५ गते । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित रेखाटोल र सिताराम टोल क्षेत्रमा गए राती करिब १:३० बजेको समयमा तीनवटा जंगली हात्ती पसेर ठूलो जनधनको क्षति पुर्‍याएका छन्। रातको समयमा अचानक पसेका हात्तीले दुई घरमा आक्रमण गर्दै संरचनात्मक र खाद्यान्न क्षति पुर्‍याएको स्थानीयले जनाएका छन्।

Advertisement

रेखाटोलका अमर बहादुर संग्रौलाको पक्की टिनको छानो भएको भान्सा घर हात्तीको आक्रमणबाट पूर्णरूपमा ध्वस्त भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ।

Advertisement

त्यस्तै, सिताराम टोलका तुलसी प्रसाद मैनालीको घरमा समेत हात्ती पस्दा ३ मन धान खाएर नष्ट गरिनुका साथै घरको एक पर्खाल भत्किएको छ। यसबाट एक लाख बीस हजार रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ। दुवै घटनाबाट जम्मा तीन लाख बीस हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)