समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडका लक्ष्मीनारायण राजवंशीको उर्लाबारीमा मोटरसाइकल ठक्करबाट मृत्यु

उर्लाबारी, मोरङ । मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट झापा बिर्तामोड–१ निवासी ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको मृत्यु भएको छ। दुर्घटना सोमबार राति करिब ९:२५ बजे उर्लाबारी–३ स्थित सोल्टी पुल नजिकै पूर्वपश्चिम राजमार्गमा भएको हो।

Advertisement

प्रदेश १–०२–०५३प २५०५ नम्बरको मोटरसाइकल उर्लाबारीबाट पथरीतर्फ जाँदै गर्दा पैदलयात्री राजवंशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक धरान–१५ घर भई हाल उर्लाबारी–३ मा बसोबास गर्दै आएका ३२ वर्षीय ईश्वर शंकर सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

राजवंशीको मृत्युपछि मोटरसाइकल चालक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article