समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवलमा सहिद लक्ष्मी पाण्डे स्मृति भवनको शिलान्यास

कचनकवल, झापा | बैशाख १५, गणतन्त्र दिवस २०८२ को अवसरमा झापा जिल्लाको कचनकवल गाउँपालिका–६ डम्बरगाछमा सहिद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठानद्वारा निर्माण गरिन लागेको स्मारक भवनको औपचारिक शिलान्यास सम्पन्न गरिएको छ।

Advertisement

Advertisement

उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष  तिलबहादुर राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि  नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पूर्व माननीय  बसन्त कुमार बानियाँ रहनुभएको थियो।

शिलान्यास समारोहमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, जिकस प्रतिनिधि  तोयानाथ दाहाल, वडा कमिटी अध्यक्ष  कुलबहादुर कार्की, सचिव  दुर्गाबहादुर थापा, सहिद परिवारका सदस्यहरू  मायादेवी पाण्डे,  निर्मला पाण्डे,  खगेन्द्र पाण्डे लगायत स्थानीय अगुवा तथा सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

स्मृति भवन निर्माणका लागि शहरी विकास कार्यालयबाट १५ लाख रुपैयाँको बजेट प्राप्त भएको जानकारी प्रतिष्ठानले दिएको छ। साथै, सहिद परिवारले २ कठ्ठा जग्गा जमिन निःशुल्क प्रदान गरेकोमा प्रतिष्ठानले विशेष कृतज्ञता व्यक्त गरेको छ।

प्रतिष्ठानका अनुसार, स्मारक भवन सहिद लक्ष्मी पाण्डेको  योगदानलाई सदा स्मरणीय बनाउने उद्देश्यले निर्माण गरिंदैछ, जसले भावी पुस्तालाई राष्ट्रप्रेम, समर्पण र बलिदानको सन्देश दिने विश्वास व्यक्त गरिएको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article