हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कमलमा सगुन पार्क र भलिवल खेलाडीको स्तम्भ अनावरण, सरसफाइ र गणेश मूर्ति स्थापना

कमल, १५ जेठ — अभिषेक खतिवडा / कमल गाउँपालिका–५, मंगलवारेमा आज १८औं गणतन्त्र दिवसको अवसर पारेर भलिवल खेलाडीको स्तम्भसहितको सगुन पार्कको उद्घाटन गरिएको छ। सगुन युवा क्लबको अगुवाइमा आयोजित विशेष समारोहमा नेपालकै राष्ट्रिय खेल भलिवलको विकास, संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्तम्भ निर्माण गरी अनावरण गरिएको हो।

Advertisement

सगुन युवा क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्तम्भको अनावरण गरेका थिए। क्लबले करिब पाँच लाख रुपैयाँ बराबरको सहयोगमा पार्क र स्तम्भ निर्माण गरेको जानकारी दिँदै अध्यक्ष आङदेम्बेले स्वदेश तथा विदेशमा रहेका दाताहरूप्रति आभार व्यक्त गरे। क्लबका अनुसार, नेपालमा भलिवल खेलाडीको सम्मानमा निर्माण गरिएको यो स्तम्भ पहिलो भएको दाबी गरिएको छ।

Advertisement

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टी कमलका सभापति केदार चापागाईं, मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, शान्त जीवन प्रतिष्ठान, पूर्णिमा महिला समूह, सगुन बाल क्लब, हाम्रो भरोसा महिला समूहलगायतका संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा र सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमसँगै सगुन क्लबले पाडाजुंगीदेखि गौरादह सडक खण्डको मंगलवारेदेखि पाडाजुंगी क्षेत्रसम्मको डिभाइडरमा रोपिएका बोटबिरुवाको गोडमेल तथा सरसफाइ पनि गरेको छ। त्यसैगरी कमल वडा नं. ६ अन्तर्गत गेउरिया पुल क्षेत्रमा श्रमदानमार्फत सरसफाइ गरी गणेशको मूर्तिसमेत स्थापना गरिएको छ।

क्लबका सचिव तथा कार्यक्रम सञ्चालक रोशन दाहालका अनुसार, गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा थोरै स्रोत र साधनबाट पनि सामूहिक श्रमदानको माध्यमबाट सामाजिक कार्यहरू सम्पन्न हुँदै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)