समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको टिमाई खोलामा अज्ञात व्यक्तिको शव फेला

झापा, २०८२ जेठ १५ / आज मिति २०८२ साल जेठ १५ गते अन्दाजी १२:३० बजे झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. १० खयरडाँगि स्थित टिमाई खोलामा अन्दाजी ४०–४५ वर्ष उमेरको पहाडे मूलको जस्तो देखिने अज्ञात पुरुष व्यक्ति घोप्टो अबस्थामा मृत भेटिएको छ।

Advertisement

यस घटनाको सूचना इलाका प्रहरी कार्यालय धुलाबारीमा आज दिउँसो १ बजे प्राप्त भएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Advertisement

घटनास्थल इलाका प्रहरी कार्यालय धुलाबारीबाट अन्दाजी २ किलोमिटर पश्चिम दक्षिणतर्फ पर्छ। स्थानियका अनुसार मृतक केही दिनदेखि धुलाबारी बजार क्षेत्रतिर मागेर खाने गरेको र आसपासको क्षेत्रमा देखिन्थ्यो भन्ने बुझिएको छ।

हाल मृतकको पहिचान खुल्न सकेको छैन। कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको जानकारी प्राप्त भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article