हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भारतको सडकमा भेटिए झापा ज्ञानेचोकका राई, परिवारको पहिचान खुलाउन अपिल

झापा, नेपाल । भारतको दिल्लीमा एक नेपाली पुरुष फेला परेका छन् जसको पहिचान बाबुराम राईको रूपमा भएको छ। उहाँको बुबाको नाम वीर बहादुर राई र स्थायी ठेगाना झापा जिल्ला, भद्रपुर नगरपालिका–३, ज्ञानेचोक रहेको बताइएको छ।

Advertisement

बाबुराम राईले आफू आमाको घर ताप्लेजुङको चन्द्रागढी भएको पनि बताएका छन्। हाल उहाँ भारतको दिल्लीमा सडकमा मागिरहेको अवस्थामा फेला परेका हुन्।

Advertisement

स्वास्थ्य अवस्था र मानसिक स्थितिका कारण उहाँ स्पष्ट रूपमा बोल्न सक्ने अवस्थामा नरहेका छन्, जसले गर्दा थप व्यक्तिगत विवरणहरू प्राप्त गर्न कठिन भएको Kin India संस्थाले जनाएको छ।

यदि तपाईंले बाबुराम राई वा उहाँको परिवार वा ठेगानाबारे जानकारी राख्नुहुन्छ भने, कृपया निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ।

सम्पर्क विवरण:
नेपाल: ‪+977-9851060588‬ / 9843905046
भारत (इन्डिया): ‪+91-9958413944‬

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)