समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

भद्रपुर, झापा । झापा जिल्ला अन्तर्गत भद्रपुर नगरपालिका–४ स्थित झापा चोकमा प्रहरी टोलिले हिजो जेठ १५ गते ०८:४५ बजेको समयमा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

Advertisement

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको ग ११ प ६०९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक २४ वर्षीय एल्बिज बस्नेतलाई शंका लागी रोकेर जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको हो।

Advertisement

प्रहरीका अनुसार बस्नेतको साथबाट प्लास्टिक सहित ५ ग्राम ३९० मिलिग्राम तथा प्लास्टिक बाहेक ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। लागुऔषधसहित मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका बस्नेत र बरामद सामग्रीहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article