हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा धुलाबारी स्थित एक खाजाघरमा भीषण आगलागी, लाखौँको क्षति

झापा, २०८२ जेठ १६ ।  झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नं. १०, धुलाबारी चोकस्थित एक खाजा घरमा विद्युत सर्टका कारण आगलागी भएको छ। हिजो जेठ १५ गते राति करिब २२:१० बजे दिपक निरौलाको आफ्नै घरमा सञ्चालनमा रहेको खाजा घरमा अचानक आगलागी हुँदा ठूलो क्षति भएको हो।

Advertisement

उक्त आगलागीबाट खाजा घरमा रहेको फ्रिज, टेलिभिजन, विद्युतीय चुलो लगायत विभिन्न सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब एक लाख रुपैयाँ (अ.मु. रु. १,००,०००।–) बराबरको आर्थिक क्षति भएको बताइएको छ। यद्यपि, कुनै मानवीय वा चौपाया क्षति नभएको स्थानीय स्रोतले जानकारी दिएको छ।

Advertisement

आगो लागेपछि नेपाल प्रहरी, स्थानीय बासिन्दा र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा राति २२:३५ बजेभित्र आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो। घटनाको थप अनुसन्धान जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)