समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा हात्तीको आक्रमण, किराना पसलमा क्षति

झापा, जेठ १७ – झापा जिल्ला हल्दिबारी गाउँपालिका–३ स्थित गणेश चोकमा जंगलबाट आएको जंगली हात्तीको आक्रमणले एक स्थानीयवासीको किराना पसलमा  क्षति पुर्‍याएको छ।
घटना शुक्रबार राति करिब १ बजे भएको हो। स्थानीय गणेश भट्टराईको घर अगाडि रहेको सानो गुम्टीमा अचानक आएको हात्तीले गुम्टी पूर्ण रूपमा भत्काइदिएको र भित्र रहेका विभिन्न किराना सामानहरू खाएर र छरपस्ट पारेर करिब रु. ६०,००० बराबरको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीयवासीका अनुसार हात्ती आक्रमणपश्चात पुनः जंगलतर्फ फर्किएको हो। सौभाग्यवश, घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले पुष्टि
गरिएको छ।
जंगल नजिकै रहेका बस्तीहरूमा जंगली जनावरको आवागमन बढ्दै गएकोप्रति स्थानीयहरू चिन्तित छन्। रातिको समयमा हात्ती गाउँ पस्ने घटनाहरू पछिल्लो समय बढ्दै गएकोले वन विभाग र स्थानीय सरकारलाई आवश्यक सतर्कता र सुरक्षाका उपायहरू अवलम्बन गर्न माग गरिएको छ।

: सांकेतिक फोटो

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article